काठमाडौं– टोटनहमले इङ्लिस प्रिमियर लिगमा खराब सुरुआत गरेको छ।
शनिबारको अन्तिम खेलमा ब्रेन्टफोर्डसँग टोटनहम ३–० ले पराजित भएको हो।
यस समरको ट्रान्सफर बजारमा करिब ३० करोड अमेरिकी डलर खर्च गरेर नयाँ खेलाडी भित्र्याएको टोटनहमले ठूलो अपेक्षा जगाएको थियो। तर‚ ब्रेन्टफोर्डविरुद्ध टोली पूर्ण रूपमा दबाबमा रह्यो।
ब्रेन्टफोर्डका केन लुइस-पोटर र भिटाली यानेल्टले ३३ मिनेटभित्र नजिकैबाट गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको केही समयमै माइकल कायेाडेले तेस्रो गोल थप्दै ब्रेन्टफोर्डलाई प्रभावशाली जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।