काठमाडौं– रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुआत भएको छ। शनिबार भएको खेलमा रियलले एस्पान्योललाई २–१ गोलले पराजित गरेको हो।
रियलका २१ वर्षीय कार्लोस एस्पीले डेब्यु खेलमै निर्णायक गोल गरे। उनले ९०औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए।
रियलले खेलको नवौं मिनेटमै जुड बेलिङ्घमको हेडरमार्फत अग्रता लिएको थियो। तर, एस्पान्योलका एलेक्स कालात्राभाले ३०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।