काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक स्थगित गरिएको छ। ३ बजे बस्ने भनिएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
_x000D_
_x000D_
पार्टीका तल्लो तहका कमिटीको एकिकरण प्रक्रियाको नयाँ मापदण्डका विषयमा छलफल गर्न बस्ने भनिएको बैठक रोकिएको हो।
_x000D_
_x000D_
बैठकमा प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया टुंगाउने गरी महासचिवले मापदण्ड पेस गर्ने बताइएको थियो।
_x000D_
_x000D_
प्रदेश कमिटीको पूर्णता तथा जिल्ला र जनवर्गीय संगठनहरुको एकता प्रक्रियाले अन्तिम रुप पाउन नसक्दा एकता प्रक्रियामा गतिरोध उत्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।