काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताएकी छन्।
_x000D_
_x000D_
जेनेभामा मंगलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औं बैठकमा नेपालको छैटौं आवधिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताएकी हुन्।
_x000D_
_x000D_
उनले महिला अधिकार संरक्षण र प्रवर्द्धनका लागि नेपाल सरकारले चालेका कदम तथा उनीहरुलाई सशक्त तुल्याउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताइन्।
_x000D_
_x000D_
जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि नेपाली नियोगका अनुसार मन्त्री थापाले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै जारी भएको नेपालको संविधानले महिला उत्थान र सशक्तीकरणका लागि प्रगतिशील व्यवस्था गरेको जानकारी दिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।