काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिकाअनुसार पार्सले सबैभन्दा महँगो तरकारी रहेको छ। यसको औसत मूल्य प्रतिकेजी १ हजार ४५० रुपैयाँ छ। सिताके च्याउको औसत मूल्य ९ सय रुपैयाँ, सुकेको माछाको ९ सय रुपैयाँ, कुरीलो र जिरीको सागको ४५०–४५० रुपैयाँ तथा पुदीनाको ४५० रुपैयाँ रहेको छ।
तरकारीतर्फ स्थानीय पालुंगो सागको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, रायो साग १२५ रुपैयाँ, हरियो प्याज १२५ रुपैयाँ, हरियो धनिया ४०० रुपैयाँ र अदुवा २१५ रुपैयाँ रहेको छ।
आलुतर्फ रातो लाम्चो आलुको औसत मूल्य प्रतिकेजी ४९ रुपैयाँ ५० पैसा, रातो गोलो र मुडे आलु ५१ रुपैयाँ तथा सेतो आलु ३६ रुपैयाँ ३३ पैसा रहेको छ। भारतीय रातो आलुको औसत मूल्य ३९ रुपैयाँ छ। सुकेको भारतीय प्याजको औसत मूल्य भने ७७ रुपैयाँ १३ पैसा प्रतिकेजी रहेको समितिको विवरणमा उल्लेख छ।
फलफूलतर्फ फुजी स्याउको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अनार ३२५ रुपैयाँ, कागती २७६ रुपैयाँ ६७ पैसा, जुनार २८५ रुपैयाँ र किवी तथा आभोकाडोको ३७५–३७५ रुपैयाँ रहेको छ। नेपाली केराको औसत मूल्य प्रतिदर्जन २७५ रुपैयाँ र मालभोग केराको १९० रुपैयाँ रहेको छ।
सस्तो तरकारीमा काक्रो हाइब्रिडको औसत मूल्य प्रतिकेजी १४ रुपैयाँ १७ पैसा, रातो मूला २५ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ र घिरौला २६ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।