पोखरा- मनाङको तिलिचो ताल घुम्न गएका पोखराका एक युवाको बुधबार लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–३३ का सरोज अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
अधिकारी नेपाली कांग्रेस पोखरा– ३३ का सहसंयोजक तथा साबिक लेखनाथ नगरपालिका– १७ का सभापति पनि हुन्।
_x000D_
_x000D_
संसारकै उच्च स्थानमा रहेको उक्त तालमा पुगेकै बखत उनलाई लेक लागेको थियो। पोखराको मनिपाल शिक्षण अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा उनको निधन भएको प्रहरी जनाएको छ।
_x000D_
_x000D_
लेक लागेका अधिकारीलाई हेलिकोप्टरबाट तत्काल उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।