राजविराज– दीपावली तथा छठ पर्वलाई लक्षित गरी भारतीय बजारवाट अवैध रुपमा भित्र्याइएको हजारौं मूल्य बराबरको पटाका सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित पोर्ताहाबाट ७२ हजार ६४० रुपैयाँको पटाका नियन्त्रणमा लिइएको सप्तरीका डिएसपी भावेश रिमालले बताए। नियमित गस्तीमा रहेको प्रहरीले पटाका बरामद गरेको जानकारी दिइए पनि संलग्न व्यक्तिको बारेमा भने प्रहरीले खुलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।