• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ४, २०८३  २१:०७
1140x725

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम बिग्रिएर वा अन्जानवश चेक बाउन्सका कारण कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको बताएका छन् । 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा नागरिकका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधार, कर नीति, युवा उद्यमशीलता र क्रिप्टोकरेन्सी लगायतका विषयमा सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् । 

अर्थमन्त्री वाग्लेले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका नागरिकलाई कानुनको परिधिभित्र रहेर राहत दिने प्रक्रिया अघि बढेको जानकारी दिए । नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावललाई समेत आफूले यसै विषयमा पहिलो निर्देशन दिएको उनले बताए । 

उनले भने, ‘राष्ट्र बैंकसँग हुने मेरा तमाम छलफलहरुमा अहिले करिब १ लाख ७० हजार जति नेपाली दाजुभाइ दिदीबहिनीहरु उद्यम गर्दागर्दै बिग्रेर वा चेक बाउन्स भएर अप्ठ्यारो परिबन्धमा पर्नुभएको छ । यसलाई फुकाउनतिर हामीले पहल थालेका छौं। मैले नवनियुक्त डेपुटी गभर्नरलाई पनि पहिलो प्राथमिकता नै यो ब्ल्याकलिस्टको दुश्चक्रबाट अन्जानले फसेका नागरिकलाई कसरी राहत दिन सकिन्छ, यसमा द्रुत गतिमा काम गर्न निर्देशन दिएको छु ।’

मन्त्री वाग्लेले बजारमा शिथिलता छाएको र कुल माग (एग्रिगेट डिमान्ड) घटेको अवस्थामा बजारलाई चलायमान बनाउन सरकारले युवा उद्यमीलाई लक्षित गरी कर छुटको दायरा बढाएको बताए । 

उनले भने, ‘आइटीमा लागेका धेरै युवालाई ५ लाखभन्दा माथि नै आयकर लगाउने अवस्था थियो । तर, अहिले हामीले ठूलो छलाङ मार्दै १० लाखसम्म आयकर नलाग्ने व्यवस्था गरेका छौं । महिनामा ८० हजारदेखि १ लाखसम्म कमाउने युवालाई करको भार नपरोस् र उहाँहरुले त्यो रकम बजारमा खर्च गरेर अर्थतन्त्र चलायमान होस् भन्ने बजेटको लक्ष्य हो ।’

नागरिकको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले क्रिप्टोकरेन्सी ट्रेडिङलाई तत्काल कानुनी मान्यता दिन नसकिने स्पष्ट पारेका छन् । मुद्राको आधारभूत विशेषता (युनिट अफ अकाउन्ट, स्टोर अफ भ्यालु र मिडियम अफ एक्सचेन्ज) क्रिप्टोले पूरा नगर्ने भएकाले यसलाई मान्यता दिन नसकिने तर माइनिङको विषयमा भने अध्ययन गरिने उनले बताए । 

जलविद्युत क्षेत्रमा लागेको करको विषयमा प्रस्टीकरण दिँदै मन्त्री वाग्लेले दशकौंदेखि अनुदान र छुट पाएर हुर्किएको जलविद्युत क्षेत्रलाई अब औपचारिक प्रणाली (फर्मल नेट) मा ल्याउन खोजिएको बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

‘यसपटकको मकसद उपभोक्तालाई मार पार्ने होइन। असाध्यै बढ्दै गरेको अर्थतन्त्रको ठूलो आधुनिक क्षेत्रलाई औपचारिक रूपमा गणना गर्ने र प्रणाली बसाउनका लागि कर लगाइएको हो,’ उनले थप भने, ‘५० युनिटसम्म बिजुली बाल्ने गरिब तथा निमुखालाई कर लाग्दैन, त्यो फ्री नै छ। अलिकति बढी खपत गर्ने मध्यमवर्गीय परिवारलाई पर्ने भारलाई समायोजन गर्न विद्युत नियमन आयोगले प्याकेजमा काम गरिरहेको छ ।’

सरकारले यो आर्थिक वर्षको अन्त्यसम्ममा ५ हजार मेगावाट र आगामी ८–९ वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको समेत उनले जानकारी दिए ।

मन्त्री वाग्लेले बजेट विनियोजन र क्षेत्रीय असमानताको प्रसङ्गमा मानव विकास सूचकांकको नयाँ यथार्थ प्रस्तुत गरे । 

उनले भने, ‘राजमार्ग दौडेको ५०–६० वर्ष भइसकेका मधेशका महोत्तरी, रौतहट जस्ता जिल्लाहरु मानव विकास सूचकांकमा बाटो नपुगेको डोल्पाभन्दा पनि पछाडि रहेछन् । आम्दानी मात्र नभई शिक्षा, स्वास्थ्य र पोषणका आधारमा बन्ने यस्तो डाटाको आधारमा हामीले नीति निर्माण र बजेट विनियोजन गर्नुपर्ने हुन्छ ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसका साथै उनले कृषि उत्पादन (जस्तैः दुग्ध पदार्थ) मा लागेको भ्याटले आपूर्ति शृङ्खलामा पारेको प्रभावबारे सरकारले अध्ययन गरिरहेको र देशैभरिका ६ लाख ६५ हजारभन्दा बढी सुकुम्बासीको समस्या समाधान गर्न सरकार कानुनको परिधिभित्र रहेर अघि बढिरहेको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा १९ सयले घट्यो सुनको मूल्य १ हजार ९०० र चाँदी ३० रुपैयाँले घटेको हो। मंगलबार, मंसिर १, २०८३
यी हुन् यस वर्षका उत्कृष्ट करदाता (सूचीसहित) विभागले विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई उत्कृष्ट घोषणा गरेको हो। मंगलबार, मंसिर १, २०८३
१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । मंगलबार, मंसिर १, २०८३
ताजा समाचारसबै
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा मंगलबार, मंसिर १, २०८३
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी मंगलबार, मंसिर १, २०८३
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्