काठमाडौं– युएई सरकारले ‘भिजिट’ भिसामा आउने विदेशी नागरिकका हकमा नयाँ नियम ल्याएको छ। अब युएई भिजिट भिसामा जाने विदेशी नागरिकले दुई पटक भिसाको म्याद थप गर्न पाउने नयाँ व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
यो नियम अक्टोबर २१ बाट लागू हुने युएईको कानुन मन्त्रालयले जनाएको छ। भिजिट भिसामा गएका विदेशी नागरिकले एक पटकमा ३० दिन गरी बढीमा २ पटक अर्थात ६० दिन भिसाको म्याद थप गर्न पाउने मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
नयाँ नियम लागू भएपछि १ सय ५० दिनसम्म बस्न पाइने छ। युएईको अध्यागमन विभागले हाल ३० दिन र ९० दिनको गरेर २ किसिमको भिजिट भिसा विदेशी नागरिकलाई जारी गर्दै आएको छ।
_x000D_
_x000D_
नयाँ नियम लागू भएपछि पहिलेको जस्तो भिसा थप गर्न ओमान वा अन्य कुनै देशमा प्रवेश गर्नुपर्ने व्यवस्थाको पनि अन्त्य भएको मन्त्रालयलाई उद्धृत गर्दै युएईका विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।
_x000D_
_x000D_
यस्तै नयाँ नियमअनुसार युएईमै १२ कक्षासम्म अध्ययन गरेका विद्यार्थीहरुको लागि पनि एक वर्षको भिसा जारी गर्नसकिने छ। सरकार आफैंले उक्त भिसा उपलब्ध गराउने बताइएको छ। यसरी अध्ययन गर्ने विद्यार्थीका लागि अब स्पोन्सरका लागि आवेदनको आवश्यकता नपर्ने भएको छ।
_x000D_
_x000D_
युएई भिजिट भिसामा जाने विदेशी नागरिक प्रायः रोजगारीको खोजीमा जाने गर्छन्। यसरी भिजिट भिसामा जाने विदेशी नागरिकलाई सहज होस् भन्न नियम परिमार्जन गरिएको हो।
_x000D_
_x000D_
युएईमा भिजिट भिसामा वार्षिक करिब ५ हजार नेपाली जाने गरेका छन्। भिजिट भिसामा गएका प्रायःजसो रोजगारी खोजी उतै बस्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।