काठमाडौं- सरकारले स्वास्थ्य र सहरी विकास मन्त्रालयका सचिवहरुको कार्यशैली शंकास्पद रहेको भन्दै प्रधानमन्त्री कार्यालयमा तानेको छ।
_x000D_
_x000D_
केही दिनअघि उनीहरु दुवैलाई प्रधानमन्त्री कार्यालयमा बिनाजिम्मेवारी सरुवा गरिएको हो। नेसनल मेडिकल कलेजको सम्बन्धन लगायत अन्य ठेक्का विवादमा परेकी स्वास्थ्य सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री कार्यालय तानिएको मुख्यसचिव लोकदर्शन रेग्मीले बताए।
_x000D_
_x000D_
'हाल उहाँहरुलाई कुनै जिम्मेवारी नदिई तानिएको छ,' मुख्य सचिव रेग्मीले भने।
_x000D_
_x000D_
डा चौधरीको सरुवासँगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निमित्त सचिवको रुपमा १२औं तहका सुशीलनाथ प्याकुरेललाई दिन लागिएको छ भने सहरी विकासमा नेपाल ट्रष्टका सचिव रमेश सिंहलाई ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।