काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ हजार ७ सय रुपैयाँले सस्तिएको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा चाँदी प्रतितोला १ सय ६० रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।