काठमाडौं– सोमबार सरकारले खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरिएको छ ।
१६ देखि ३१ साउनसम्म सामान खरिद गरेका करदातामध्येबाट १० लाख विजेता तुल पुडासैनी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उनले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन्।
१ लाख विजेता करदाता १६ जना छन्। विभागका अनुसार यसरी १ लाख पुरस्कार जित्नेमा योगेश विश्वकर्मा, दिनेश तामाङ, अस्क्रिना लामा, भगवती सापकोटा, रहिम महमद हवारी र महेशकुमार पौडेल विजेता बनेका छन्।
यसैगरी राजेन्द्र थापा, कमला तामाङ, शिवनारायण बदही मिस्त्री, चुडामणि दनाई, रमेश साह कानु, मनिष गौतम, घनश्याम तिवारी, राकेशकुमार सिंह, विकास गुरुङ र चक्र बहादुर शाही १ लाख विजेता बनेका छन्।
विभागका अनुसार विजेता उपभोक्ताले पुरस्कार दाबी नजिकको आन्तरिक राजस्व कार्यालयमा गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।