• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लादेनसँग सम्बन्ध भएका पत्रकार खशोग्गी हत्याले विश्वभर ल्याएकाे तरंग

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०७५  ०६:३३
1140x725

टर्कीमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको विषयमा थप जानकारी लिन अमेरिकी अनुसन्धान विभाग (सिआइए)का निर्देशक गिना हास्पेल सोमबार टर्की प्रस्थान गरे। अन्तर्राष्टिय समाचार संस्था रोर्यटसले यो विषयमा चासो राखिरहेको स्रोतलाई उद्धृत गर्दै सिआइए निर्देशक टर्की प्रस्थान गरेको बताएको छ। लेखेको छ, ‘यो प्रकरण अब अझै धेरैका लागि चासो र चर्चाको विषय बन्दैछ।’

_x000D_ _x000D_

पत्रकार खशोग्गी साउदीका राजकुमार माेहम्मद बिन सलमानको कट्टर आलोचकका रुपमा चिनिन्थे। उनले अमेरिकाको भने खुलेर प्रशंसा गर्ने गर्थे। राजकुमारको आलोचक भएकै कारण उनको हत्या भएको आशंका गरिएको छ।

_x000D_ _x000D_

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले यो विषयमा थप जाँच गर्न विज्ञ समूह टर्की पठाएको स्वीकारेका छन्। वासिङ्टन पोस्टका स्तम्भकारसमेत रहेका खशोग्गीको हत्याका विषयमा अमेरिकाले थप जानकारीहरु संकलन गरिरहेको ह्वाइट हाउसका वरिष्ठ सल्लाकार जेराड खुस्नेयरको भनाइ छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

गएको हप्ता साउदी अरबले खशोग्गीलाई एक कार्यक्रममा भएको झगडाको दौरान मृत्यु भएको बताएको थियो र त्यसको उचित छानबिन गरेर हत्यारालाई सजाय दिन आग्रह गरेको थियो। तर अमेरिकी कानुन व्यवसायीहरुले उनको हत्या शंकास्पद रहेकाले यसको गम्भीर रुपमा जाँचपड्ताल हुनुपर्ने बताएका थिए।

_x000D_ _x000D_

खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदीको महावाणिज्य दूतावासको कार्यालयमा हत्या भएको थियो। खशोग्गी हत्या सम्बन्धीको समाचारमारसियन राष्ट्रिय समाचार संस्था स्पुतनिकले उनको हत्या सेप्टेम्बर २८ मा नै भएको थियो। स्पुतनिकले टर्कीका राष्ट्रपति रेसेप एर्दाेगानलाई उद्धृत गर्दै उक्त कुरा जनाएको हो।

_x000D_ _x000D_

उनको हत्यालाई राजनीतिक प्रतिशोधका रुपमा हेरिएको छ। उता अमेरिकाले टर्कीसँग खशोग्गी हत्या भएसँगै उनको हत्या सम्बन्धि प्राप्त सम्पूर्ण जानकारी आफूहरुलाई उपलब्ध गराउन अमेरिकाले आग्रह गरेको थियो। यस्तै पछिल्लो समय अमेरिकी सञ्चार माध्यमहरुले टर्कीले खशोग्गी हत्या सम्बन्धीत सम्पूर्ण विवरण अमेरिकालाई दिएको बताउने गरेका छन्। प्राप्त विवरणमा उनको हत्या भएको भिडियो पनि रहेको अमेरिकी सञ्चार माध्यमको दाबी छ।

_x000D_ _x000D_

उनको हत्यासँगै प्रगाढ रहेको अमेरिका साउदी अरबबीचको सम्बन्धमा नकारात्मक प्रभाव पनि परेको देखिन्छ। साउदी अरबको राजधानी रियादमा रहेका अमेरिकी परियोजनाका कर्मचारी तथा अधिकारीहरुले रियाद छोड्ने क्रम चलिरहेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेअाेले खशोग्गी हत्या सम्बन्धी सूचना संकलन गर्न आफ्ना मान्छे लागी परेको र अमेरिकाले आफ्नै मान्छेबाट प्राप्त गरेको सूचनालाई प्राथमिकताका साथ ग्रहण गर्ने बताएका छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

समाचारमा जनाइए अनुसार मृतक खशोग्गी टर्कीमा रहेकी आफ्नी ३६ वर्षीया महिला साथी हटिजेक चंगेजसँग विवाह गर्न चाहन्थे। उनीहरुको भेट गत मे महिनामा भएको अन्तर्राष्टिय सञ्चार माध्यमले बताएका छन्। त्यसैको तयारीका लागि उनी इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास पुगेका थिए। तर, उनी त्यहाँबाट फर्किन भने सफल भएनन्। उनको हत्याराको चौतर्फी खोजी हुँदै गर्दा उनको हत्यामा संलग्न रहेको आरोप लागेका साउदीका राजकुमार र खशोग्गीको छोराबीच रियादमा भेट भएको बेलायती सञ्चार माध्यम द मिररले बताएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

गत हप्ता अमेरिकी विदेशमन्त्री पोम्पेअाे साउदी पुगेर त्यहाँका राजा सलमानसँग खशोग्गीको हत्याको विषयमा छलफल गरेका थिए। मध्य एसियामा अमेरिकाको एक महत्वपूर्ण स्थायी मित्रको रुपमा रहेको साउदीसँगको बिग्रँदो सम्बन्धले अमेरिकालाई पनि फाइदा नपुग्ने अमेरिकी राज्य संचालकहरुले बुझेका छन्। इरानसँग टम्प प्रशासनको छत्तिसको आँकडा चलिरहेको अवस्थामा साउदीसँगको उसको सम्बन्ध नाजुक अवस्थामा पुग्दा अमेरिकालाई फाइदा पक्कै हुने छैन।

_x000D_ _x000D_

को थिए खशोग्गी?

_x000D_ _x000D_

जमाल खशोग्गी १९५८ अक्टोबर १३ मा जन्मिएका हुन्। उनी अल अरब समाचार संस्थाको प्रधान सम्पादक रहेका थिए भने साउदीबाट प्रकाशित हुने पत्रिका अल वतनका सम्पादक पनि रहेका थिए। उनी साउदी अरबका राजकुमार र राजा दुवैको कट्टर आलोचक थिए भने यमनमाथि साउदीले गरेको आक्रमणको पनि उनले खुलेर विरोध गरेका थिए।

_x000D_ _x000D_

उनका पिता आदान खशोग्गी साउदी अरबका प्रतिष्ठित व्यवसायी र हतियार व्यापारी हुन् भने उनका हजुरबुबा मोहमद खशोग्गी टर्कीका नागरिक थिए। जसले साउदी महिलासँग विवाह गरेका थिए। उनी साउदीका पूर्वराजा अब्दुल अजी अल साउदका निजी चिकित्सक थिए। यस्तै उनका एक नातेदारको बेलायती राजकुमारी डायनासँग प्रेम सम्बन्ध रहेको थियो।

_x000D_ _x000D_

खशोग्गीले प्रारम्भिक चरणको शिक्षा साउदीमा नै हासिल गरेका थिए भने स्नाकोत्तर तहको शिक्षा अमेरिकाको इन्डियन स्टेट विश्वविद्यालयबाट सन् १९८२ मा सम्पन्न गरेका थिए। उनका हजुरबुवा आफैं यहुदी समुदायको भएकाले उनी यहुदी समुदायसँग नजिक रहेको भन्न सकिन्छ।

_x000D_ _x000D_

विश्वमा एक करोड पचास लाखको हाराहारी रहेको यहुदी समुदायको अमेरिकी राजनीतिमा निकै ठूलो प्रभाव रहेको छ। अमेरिकाको राजनीतिक लगानीकर्ताको रुपमा पनि चिनिएको यो समुदायको हितमा अमेरिका सधैँ तत्पर रहने अन्तर्राष्टिय सम्बन्धका जानकारहरु बताउँछन्। एकाध पटक अमेरिकाको आलोचना गरे पनि खशोग्गी अमेरिकी समर्थक रहेको बताइन्छ। उनी यहुदी समुदायसँग नजिक भएकाले पनि उनको हत्यामा अमेरिकाले बढी चासो दिएको हुन सक्ने विश्लेषकहरुको दाबी छ।

_x000D_ _x000D_

उनले गत अप्रिल ३ मा वासिङ्टन पोस्टमा प्रकाशित गरेको आफ्नो लेखमा साउदी अरब सन् १९७९ को स्थितिमा फर्किनु पर्ने बताएका थिए। त्यो स्थितिमा सरकारले कट्टर वहवी परम्परालाई कडाइका साथ बन्देज लगाएको थियो। उनले वर्तमान समयमा साउदीका महिलालाई पनि पुरुष सरहको अधिकार प्रदान गर्नु पर्ने बताएका थिए। टर्कीले जस्तै इस्लाम धर्म र धर्म निरपेक्षताबीचको मध्यमार्गीय बाटोमा साउदी अघि बढ्नु पर्ने उनको मत थियो। साउदीमा अभिव्यक्ति स्वतन्त्रता नहरहेकाे भन्दै उनले स्वतन्त्र प्रेसको पनि खुलेरै वकालत गर्ने गर्थे। वासिङ्टन पोस्टमा प्रकाशित उनको लेखमा साउदीले कतार माथि लगाएको नाकाबन्दीको पनि विरोध गरेका थिए भने साउदीको लेवनानसँगको राजनीतिक द्वन्द्व र क्यानडासँगको कूटनीतिक टकराबको पनि उनले आलोचना गरेका थिए।

_x000D_ _x000D_

खशोग्गी सम्बन्धी तयार पारिएको एक भिडियोमा सन् २००१ को अमेरिकी टुइन टावरमा भएको हमलाका मूख्य योजनाकार अाेसामा विन लादेनसँग पनि सम्बन्ध रहेको बताइएको छ। तर, लादेनसँगको उनको सम्बन्ध १९८० र ९० को दशकमा थियो। जब, लादेन अमेरिकाको स्वार्थ अन्तर्गत काम गर्थे। तत्कालीन समयमा लादेनले सोभियत संघविरुद्ध आतंककारी गतिविधि सञ्चालन गरेका थिए। उनै लादेनसँग एक पत्रकारको हैसियतमा खशोग्गीले बारम्बार अन्तर्वार्ता लिएका थिए।

_x000D_ _x000D_

खशोग्गी एक समय साउदी राजपरिवारको गुप्चतरको रुपमा पनि काम गरेको उनीसँग सम्बन्धित एक लेखमा जनाइएको छ। गुप्तचरको हैसियतमा उनले लादेनलाई साउदी राजपरिवारसँग मिलापत्र गर्न प्रेरित गर्ने गरेको लेखमा उल्लेख गरिएको छ।

_x000D_ _x000D_

साउदीबाट प्रकाशित हुने पत्रिका अल अरेबियाले एक समय खशोग्गीले लादेनलाई हिंसा छोड्न पनि आग्रह गरेको लेखेको छ। तर २००१ मा अल कायदाले अमेरिकामा आक्रमण गरेपछि उनले लादेनसँगको आफनो सम्बन्धलाई अन्त्य गरेको जनाइएको छ।

_x000D_ _x000D_


_x000D_  
_x000D_ र यो पनि

_x000D_ _x000D_

खशोग्गीको टर्कीस्थित साउदीको महावाणिज्य दूतावास प्रवेश गरे पनि बाहिर नसिस्किएपछि उनको हत्या भएको आशंका गरिएको थियो। सुरुवाती दिनमा साउदीले यो आरोपको खण्डन गरेको थियो। तर, अाजसम्म अाइपुग्दा उसले पनि खशोग्गीको हत्या भएको स्वीकार गरेको छ। खशोग्गीको हत्या साउदी कै मिलेमतोमा भएको आशंका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका छन् भने यो समाचारको साउदीले खण्डन गर्दै आएको छ। 

_x000D_ _x000D_

यसैबीच, साउदी अरबको यस्तो जगन्य अपराधलाई कसरी लिने भन्ने विषयमा अमेरिकी राष्ट्रपति र त्यहाँका सिनेटरहरुबीच मतभिन्नता देखिन थालेको छ। एकातिर अमेरिका आफ्ना एक भरपर्दो मित्र राष्ट्रलाई विच्काउन चाहँदैन भने अर्कोतिर अमेरिकी सिनेटरहरु साउदीमाथि नाकाबन्दी लगाउनु पर्ने धारणा राखिरहेका छन्। हठात् रुपमा आफनो पूर्व नीति बदल्ने अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीका विषयमा कस्तो नीति अख्तियार गर्छन् भन्ने विषय सबैका लागि प्रतिक्षाको विषय भनेको छ।

_x000D_ _x000D_

(यो सामग्री विभिन्न एजेन्सीका समाचारहरुमा आधारित छ।)

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा आइतबार, कात्तिक २३, २०८२
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्