जाजरकोट– भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दिपक कुमार थापाको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय बिरेन्द्र खत्री तथा भेरी नगरपालिका–९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन्।
प्रहरीका अनुसार साउन २५ गते राति भेरी नगरपालिका–१० नुवागाउँमा बिरेन्द्रसहितका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका थापाको नेपालगञ्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा साउन २८ गते मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।