काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका विषयमा जानकारी गराउन हटलाइन फोन सञ्चालन गर्ने भएको छ।
_x000D_
_x000D_
वैदेशिक रोजगारी र अन्तरिक श्रम बजारभित्र आवश्यक श्रमिकबारे जानकारीका साथै तिनका समस्या र गुनासालाई सम्बोधन गर्न मन्त्रालय अन्तर्गत तीन वटा निकायमा हटलाइन नम्बर सञ्चालनको तयारी थालिएको हो। ती नम्बर श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रहनेछन्। ती नम्बर चौबीसै घन्टा सञ्चालन हुनेछन्।
_x000D_
_x000D_
वैदेशिक तथा आन्तरिक श्रम बजारको अवसर र कामदारबारे, रोजगारदाता कम्पनी तथा भिसा प्रक्रिया, रोजगारदाता देश र त्यहाँको सेवा सुविधा लगायतका विषयमा जानकारी लिन सकिने विभागले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई प्रविधिमैत्री बनाउन यस्तो योजना ल्याउन लागिएको बताए।
_x000D_
_x000D_
ती हटलाइन नम्बरमा फोन गरी गत असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको ‘फरेन इम्प्लोयमेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) मार्फत ‘फरेन जब पोर्टल’ र टेलिफोन सेवाको समेत विकास गरी रोजगार गन्तव्य देशका रोजगारदाता कम्पनी र कम्पनीले दिने सेवा सुविधाका विषयमा पनि अग्रिम रुपमै बुझ्न सकिने बताइएको छ।
_x000D_
_x000D_
एफइआइएमएस प्रणालीमा वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np अन्तर्गत रहने गरी foreignjob.dofe.gov.np को विकास गरिएको छ। यस वेबसाइटबाट रोजगारदाता देशका नियोगमार्फत प्रमाणीकरण भएर आएका कामका माग (डिमान्ड) र अन्तरिक श्रम बजारको मागका बारेमा कामको खोजीमा रहेको कामदारले अग्रिम जानकारी पाउन सक्ने प्रणाली विकास गरिएको विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बताए। उनका अनुसार पछिल्लो समय विदेशका रोजगारदाता कम्पनीबाट आएका कामदारको माग संख्या तथा आन्तरिक श्रम बजारभित्र माग गरिएको श्रमिकको संख्या लगायत सम्पूर्ण श्रमसँग जोडिएका विषयलाई पनि हटलाइन फोन र अनलाइन प्रणालीमै जोडिने भएको हो।
_x000D_
_x000D_
‘फरेन जब पोर्टल’ र सार्वजानिक टेलिफोन सेवा सञ्चालनमा आएसँगै कामदारले म्यानपावरसम्म धाउने प्रथाको बिस्तारै अन्त्य हुनेछ,' उनले भने, 'एजेन्ट र रोजगार व्यवसायीबाट कामदार ठगिने क्रम पनि समाप्त हुनेछ।'
_x000D_
_x000D_
सार्वजनिक रुपमै टेलिफोनबाट जानकारी लिने सम्बन्धमा विमागले नेपाल टेलिकमसँग समन्वय गरिरहेको र छुट्टै ‘एक्सटेन्सन नम्बर’को व्यवस्था गरिने विभागले जानकारी दिएको छ।
_x000D_
_x000D_
कुनै व्यक्ति रोजगारीका लागि कतार जाने भयो भने उसले विभागको वेबसाइट अथवा टेलिफोन नम्बरमा कल गरेर कम्पनी कस्तो हो, कति विदेशी कामदार कार्यरत छन्, कम्पनीले कामदारलाई कस्तो सेवा सुविधा दिन्छ लगायतका विषयमा सहजै जानकारी लिन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।