दमौली- तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन्।
_x000D_
_x000D_
व्यास नगरपालिका–३ शान्ति नगरको भीरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मियाको शव फेला परेको हो।
_x000D_
_x000D_
मंगलबार बिहान मर्निङवाकमा निस्किएकी मिया बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। शान्तिनगरको भीर नजिकै लठ्ठी र चप्पल फेला परेपछि प्रहरीले मियाको खोजी गरेको थियो।
_x000D_
_x000D_
मृतक मिया प्यारालाइसिसकी बिरामीसमेत रहेकी थिइन्।रासस
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।