मुसिकोट– रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा सुरु भएको छ। १७ महीनादेखि रोकिएको हवाई सेवा विमानस्थलमा आज नेपाल वायुसेवा निगम (नेवानि)को जहाज अवतरण भएसँगै पुनः सुरु गरेको हो।
_x000D_
_x000D_
हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए। उनका अनुसार बुधबार काठमाडौ–चौरजहारी–नेपालगन्ज तथा बिहीबार नेपालगन्ज–चौरजहारी–काठमाडौं उडान हुने बताइएको छ।
_x000D_
_x000D_
उडान सुरु भएको आज पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित ८ जनाले नेपालगन्जसम्मको हवाईयात्रा गरेका छन्। झन्डै डेढ वर्षपछि यहाँको हवाई सेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुसी छाएको छ। हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ।
_x000D_
_x000D_
आजदेखि यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ। अबदेखि चौरजहारीबाट काठमाडौंका लागि ८ हजार र नेपालगन्जलाई ३ हजार रुपैयाँ भाडादर निर्धारण गरिएको स्टेसन प्रमुख नेपालीले जानकारी दिए।
_x000D_
_x000D_
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँ हवाई उडान गर्न बन्द गरिएको थियो। बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए।
_x000D_
_x000D_
विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।