काठमाडौँ– स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।
सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख पाँच हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार भने सुन ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।