मुसिकोट– रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा सुरु हुने भएको छ। १७ महिनादेखि रोकिएको उडान सेवा बुधबारदेखि सुरु हुने चौरजहारी विमानस्थलका स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए।
_x000D_
_x000D_
उनका अनुसार बुधबार बिहान काठमाडौंबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गर्ने छ। हप्ताको दुई पटक काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान भर्ने गरी हवाई सेवा सुरु हुन लागेको हो।
_x000D_
_x000D_
लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज हुने भएको छ।
_x000D_
_x000D_
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गत वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो। बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।