बाजुरा– अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई वटा घरमा समेत क्षति पुर्याएको छ।
बेलुकीदेखि लगातार परेको वर्षाका कारण पहिरो आएको हो। पहिरोमा परी त्रिवेणी नगरपालिका–९ ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घरमा क्षति पुगेको छ।
पहिरोमा परी सोही घरपरिवारका दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली पहिरोस्थलमा पुगिसकेको छ। प्रहरीले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।