काठमाडौं– एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्स थपिएको छ ।
एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईका अनुसार यो फ्रेन्चाइजको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहने छ।
योसँगै लिगमा टोलीको संख्या ७ पुगेको छ। पहिलो संस्करणमा चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यश्वी, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स र मधेश युनाइटेड सहभागी थिए। उक्त संस्करणको फाइनलमा ललितपुरलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो।
दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। उक्त संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी लाभास र पोखरा निन्जास थपिएका थिए। उक्त संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।