काठमाडौं– नेपाल आयल निगमले बजारमा कृतिम अभाव देखाएर ग्यास भण्डार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार साँझ निगमले एक विप्ति जारी गर्दै साविकको भन्दा २० प्रतिशत बढी ग्यास आयात तथा विक्रीवितरण भइरहेकाले अनावश्यक भण्डार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको उपभोक्ताहरूको गुनासोप्रति ध्यानाकर्षण भएको भन्दै आवश्यकताभन्दा बढी नराख्न अनुरोध गरेको छ ।
"निगमबाट मिति २०८३ असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्री वितरणमा रहेको व्यहोरा सर्वविदितै छ । साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री बितरण भइरहेको भए तापनि सर्वसाधरण उपभोक्ताहरूले अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको गुनासोप्रति निगमको ध्यानाकर्षण भएको छ," निगमले जारी गरेको विज्ञप्तिमा भएिको छ ।
निगमको द्रुत प्रतिकार्य डेस्कमा बजार अनुगमन गर्दा कतिपय होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको जनाएको छ । अनावश्यक मौज्दात नराख्न निगमले अनुरोध गरेको छ । राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधरण उपभोक्तालाई बिक्री वितरण गर्न निगमले भनेको छ ।
सूचनाविपरीत कहीँकतै ग्यास सिलिण्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।