काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले १० औं राष्ट्रिय खेलकुदको नयाँ मिति फेरि तोकेको छ । यसपटक आगामी मंसिर १६ देखि २९ गते सम्मका लागि तोकिएको हो ।
आजको सहित कर्णालीमा हुने उक्त प्रतियोगिताका लागि पाँचौंपटक मिति तोकिएको हो । बिहीबार बसेको राखेपको बोर्ड बैठकले मिति तय गरेको हो ।
यसअघि पनि पटकपटक मिति तय भएपनि दशौं खेलकुद हुन सकेको छैन । २०७९ कात्तिक–मंसिरमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो ।
पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैत २३ देखि ३० सम्म हुने भनिएको थियो । तेस्रोपटक २०८२ जेठ ३ देखि १० हुँदै चौथोपटक आगामी फागुन १ देखि ७ चैतका लागि सर्यो ।
आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेन ।
त्यसपछि जेनजी मन्त्री बनेका बब्लु गुप्ताले २०८२ फागुनमा गर्ने निर्णय गरे । तर, समय नआउँदै मन्त्रीबाट राजीनामा दिएर चुनावमा लागेपछि चौथोपटकको मितिमा पनि दशौं खेलकुद हुन सकेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।