काठमाडौ- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा अन्य सामाग्री खरिदमा परेको उजुरीमाथि छानविन शुरु गरेकाे छ ।
बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन समेत जारी गर्दै छानविन शुरु गरेकाे हाे ।
समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ दिनभित्र संसद्को सार्वजनिक लेखा समितिमा पेस गर्न भनेको हो ।
लेखा समितिले पोसाक तथा अन्य सामाग्री खरिदको आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन सम्झौता, आपूर्ति गुणस्तर परीक्षणको विवरण, बिल तथा भुक्तानी विवरण माग गरेको छ ।
विगतमा खरिद गरेका सामान प्रकृतिका सामाग्रीको विवरण र हालको विवरणसहितका आवश्यक कागजात १५ दिनभित्र पेस गर्न समितिले निर्देशन जारी गरेको हो ।
समितिमा परेको उजुरीमा छलफल गर्दै समितिले विस्तृत अनुसन्धान अघि वढाउनका लागि विवरण माग गर्ने निर्णय गरेको हो । छलफलमा प्रहरी प्रमुख तथा गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।