१. क्यान्सरबाट बचावट– भिटामिन सी एक उत्कृष्ट एन्टी अक्सिडेन्ट हो । यसले क्यान्सर र अन्य समस्या पैदा गर्ने फ्रि रेडिकल्सबाट बचाउँछ । यसका अलावा यसले रोग प्रतिरोधक क्षमता बनाएर क्यान्सरसंग लड्नमा सहयोग गर्छ । यस्तै कोशिका र डीएनएमा हुने परिवर्तनबाट पनि बचाउँछ, जसले क्यान्सर पैदा गर्छ ।
_x000D_
_x000D_
२. हृदयरोग– भिटामिन सीमा पाइने एन्टीअक्सिडेन्ट मुटुका लागि लाभदायी हुन्छ । यसले मुटुको समस्याबाट बचाउँछ र धमनी क्षतिग्रस्त हुनबाट बचाउँछ । रक्तकोशिकामा कोलेस्टेरोल जम्नबाट बचाँउछ, जसबाट हृदयाघात र ब्रेनस्ट्रोक हुने खतरा कम हुन्छ । यसले कोशिकाहरुमा रक्तप्रवाहलाई सामान्य बनाउँछ ।
_x000D_
_x000D_
३.दम – भिटामिन सीले शरीरमा दमका लागि जिम्मेवार मानिएको हिस्टामाइनको उत्पादनलाई कम गर्छ, जसबाट दम या श्वाससम्बन्धी समस्याको सम्भावनालाई कम गर्छ । भिटामिन सीको एन्टीअक्सिडेन्ट तत्वले फोक्सोको सफाई गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
_x000D_
_x000D_
४. घाउ भर्छ – भिटामिन सीमा उत्कृष्ट हिलिङ पावर हुन्छ, जसले छालाको घाउ चाँडै भर्न मद्धत गर्छ । प्रतिरोध क्षमता कम भएको स्थितिमा यसले संक्रमण फैलन र रोगबाट बच्न सहयोग गर्छ ।
_x000D_
_x000D_
५. एलर्जी– यसमा पाइने एन्टी हिस्टामाइन तत्वले एलर्जीबाट बचाएर त्यसको लक्षणबाट पनि बचाउँछ । सामान्य चिसोमा पनि भिटामिन सीको प्रयोग गरेर शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।
_x000D_
_x000D_
६. तनाव– भिटामिन सीले दिमागलाई स्वस्थ राख्नेमात्र होइन तनावबाट लड्ने एड्रिनेल नामक हर्मोन पनि उत्पादन गरेर तनावबाट बच्न सहयोग गर्छ ।
_x000D_
_x000D_
७. जोर्नीको दुखाई – जोर्नीमा कोलेजन र कार्टिलेज क्षतिग्रस्त हुँदा, उमेर बढ्दा या कुनै संक्रमणका कारण जोर्नी दुख्ने समस्या आउँछ । भिटामिन सीले जोर्नीका लागि कोलेजन नामक प्रोटीनको निर्माण गर्छ, जसले जोर्नीको दुखाईमा राहत दिन्छ ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।