– कम क्यालोरीयुक्त खाद्य पदार्थ समावेश गरी भोजनको योजना गर्ने ।
_x000D_
_x000D_
– शरीर स्वस्थ राख्न केही चिल्लो पदार्थको आवश्यक पर्ने हुनाले सकेसम्म वनस्पति स्रोतबाट प्राप्त ‘फ्याटी एसिड’ भएको खाद्य पदार्थ (दाल, गेडागुडी आदि) प्रयोग गर्ने ।
_x000D_
_x000D_
– भोजनमा सकेसम्म कम क्यालोरी बढी फाइबरयुक्त खाद्य पदार्थ समावेश गर्ने ।
_x000D_
_x000D_
– खाना खानुअघि सुप, सलाद खाएर केही मात्रामा भरी खानेकुराको परिमाण कम गर्ने ।
_x000D_
_x000D_
– कम तेल प्रयोग गरी बनाएको खाद्य परिकार मात्र समावेश गर्ने ।
_x000D_
_x000D_
– बेलुकाको खाना खाइसकेपछि पनि केही खाजा खाइन्छ भने त्यस्तो बानीलाई हटाउने । यस्तो स्थितिमा फलफूल वा चिल्लोरहित दूध मात्र सेवन गर्ने ।
_x000D_
_x000D_
– तौल घटाउने अभिप्रायले कहिले छाक छोड्नु हुँदैन । समयमा ठीक परिमाण मिलाई कम क्यालोरी खाना खाने ।
_x000D_
_x000D_
– प्रसस्त पानी पिउने । फलफूलको जुसको साटो सिङ्गो फलफूल नै खाने ।
_x000D_
_x000D_
– क्यालोरी ‘अक्सिकरण’ हुने किसिमको व्यायाम गर्ने ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।