हेपटाइटिस ‘ए’
_x000D_
१. यो कलेजोको रोग हो, जुन हेपाटाइटिस भाइसरका कारण लाग्छ ।
_x000D_
२. विश्वभरि बर्सेनि हेपाटाइटिस ‘ए’का करिब १४ लाख बिरामी भेटिन्छन् ।
_x000D_
३. हेपटाइटिस ‘ए’ दूषित खाना र पानीका कारण लाग्ने रोग हो । यो रोग लागेका व्यक्तिको सिधै सम्पर्कमा आउँदा अरूलाई पनि सर्छ ।
_x000D_
४. ज्वोरो आउने, थकान महसुस हुने, खाना नरुच्ने, झाडापखाला चल्ने आदि यो रोगका लक्षण हुन् ।
_x000D_
६. सरसफाई र शुद्ध पानीमा ध्यान दिनुका साथै भ्याक्सिन लगाउनु नै यसबाट बच्ने उत्तम उपाय हो ।
_x000D_
_x000D_
हेपटाइटिस ‘बी’
_x000D_
१. हेपटाइटिस ‘बी’ कलेजोमा लाग्ने भाइरल इन्फेक्सन हो ।
_x000D_
२. विश्वमा हरेक वर्ष हेपाटाइटिस ‘बी’का कारण ६ लाख मान्छेको मृत्यु हुन्छ भने करिब दुई अर्बमा यो रोग पाइन्छ ।
_x000D_
३. विशेषगरी रोगी व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थसँग सम्पर्कमा आउँदा यो रोग सर्ने गर्छ ।
_x000D_
४.यो रोग लाग्दा सुरुसुरुमा लक्षण नदेखिन सक्छ । तर पनि थकान महसुस हुने, खाना नरुच्ने, बान्ता हुने, छाला र आँखा पहेँलो हुने जस्ता लक्षण देखिन सक्छ ।
_x000D_
५. रोगविरुद्ध लगाइने खोप नै यसबाट बच्ने उत्तम उपाय हो । बच्चाको जन्म भएको २४ घन्टाभित्र यसविरुद्धको खोप लगाउनु उचित हुन्छ ।
_x000D_
_x000D_
हेपटाइटिस ‘सी’
_x000D_
१. हेपटाइटिस ‘सी’ भाइरसका कारण लाग्ने यो रोगले मानिसलाई केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा क्यान्सरसम्म हुन सक्छ ।
_x000D_
२. हेपटाइटिस ‘सी’ भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्छ । यसको भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस हो ।
_x000D_
३. विश्वमा प्रत्येक वर्ष करिब १५ करोड मानिसलाई यो रोगले आक्रान्त पार्छ भने करिब तीन लाख ५० हजार मानिसको ज्यान लिन्छ ।
_x000D_
४. सुरुमा यो रोगको लक्षण देखिँदैन । अलिक सिकिस्त पारेपछि भने ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने जस्ता लक्षण देखा पर्छन् ।
_x000D_
५. एन्टिभाइरल औषधिहरूको प्रयोगले यो रोग नियन्त्रण गर्न सकिन्छ ।
_x000D_
६. यसबाट बच्न जथाभावि फालिएका ‘सुइ’हरू नचलाउने, ड्रग्सको कुलत छाड्ने वा आ–आफ्नै सुई मात्र प्रयोग गर्ने, हेपटाइटिस ‘सी’ भएकासँग असुरक्षित यौन सम्पर्क नगर्ने जस्ता उपाय अपनाउन सकिन्छ ।
_x000D_
_x000D_
_x000D_
हेपटाइटिस ‘ई’
_x000D_
१. हेपाटाइटिस ‘ई’का कारण विश्वमा हरेक वर्ष ५७ हजार मानिसको मृत्यु हुन्छ भने करिब दुई करोडको हाराहरीमा यसका रोगी देखा पर्छन् ।
_x000D_
२. यो रोगले बेलाबेला कलेजोलाई काम गर्न नसक्ने बनाउन सक्छ ।
_x000D_
३. हेपाटाइटिस ‘ई’ खासगरी फोहोर पानीको सेवनले लादग्छ ।
_x000D_
४. यो रोग संसारभरि भेटिए पनि पूर्व र दक्षिण एसियामा बढी देखिन्छ ।
_x000D_
५. सरसफाइ र शुद्ध पानीमा ध्यान दिनु नै हेपाटाइटिस ‘ई’बाट बच्ने राम्रो उपाय हो ।
_x000D_
_x000D_
स्रोत ः विश्व स्वास्थ्य संगठन
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।