काठमाडौं– यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ।
_x000D_
_x000D_
मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले सो सम्झौता गरेको हो।
_x000D_
_x000D_
५ लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
_x000D_
_x000D_
कम्पनीले ४५ दिनमा ५ देखि ६ लाखसम्म स्मार्ट कार्ड लाइसेन्स छापी सक्ने गरी सम्झौता भएको हो। एक कार्ड छापेवापत कम्पनीले १५ रुपैयाँ पाउँछ। कार्ड, विद्युतलगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउने उनले जानकारी दिए। विभागको मीनभवनस्थित कार्यालयमै कार्ड छापिने छ।
_x000D_
_x000D_
दुई महीनामा प्रतीक्षा सूचीमा बसेका सबै लाभग्राहीले कार्ड पाइसक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ। प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक ८ हजार कार्ड छाप्ने तयारी गरेको जनाएको छ। त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।