काठमाडौ– भारतीय सर्वोच्च अदालतले दिवालीमा पटका पड्काउने कार्य पूर्ण रुपमा रोक्न अस्वीकार गर्दै दुई घन्टाको समय सीमा तोकेको छ। तीन जना बच्चाको तर्फबाट दायर भएको रिटमा भारतीय सर्वोच्च अदालतले यस्तो समय सीमा तोकेको हो।
_x000D_
_x000D_
उनीहरुको निवेदनमा पटकाका कारण दिल्लीमा प्रदुषण उच्च गतिमा हुदाँ आफ्नो शारीरिक वृद्धिमा समेत असर गरेकाले पूर्ण रुपमा रोक लगाउन माग गरेका थिए।
_x000D_
_x000D_
दिवाली पहिला पटका बिक्रीको लागि अदालतले यस्तो फैसला सुनाएको हो। अदालतले केही निश्चित शर्तहरु तोक्दै पटका बिक्री गर्न सकिने आफ्नो आदेशमा भनेको छ। पटका कारण प्रदुषण नहुने कोसिस भने कायम राख्न सर्वाेच्चले भनेको छ।
_x000D_
_x000D_
सर्वोच्चले पटक पड्काउने समय अवधि पनि तोकेको छ। उसले दिवालीमा राति ८ बजेदेखि १० बजेसम्म र क्रिसमस र नयाँ वर्षमा राति ११:४५ देखि १२ः१५ सम्म पटक पड्काउन रोक लगाएको छ। यस बाहेकको समयमा कुनै पनि अनलाइनले पटका बिक्री गर्न नपाउने आदेशमा उल्लेख छ।
_x000D_
_x000D_
न्यायाधीशद्वय एके सीकरी र अशोक भुषणको इजलासले यस्तो आदेश गरेको हो। अदालतले निवेदक बाहेक पटका व्यापारी, केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डसँग समेत राय लिएको थियो। अदालतले आम नागरिकको स्वास्थ्य, व्यापार र चाडपर्व मनाउने पाउने अधिकारका विचमा समन्वय हुने आवश्यक भएको भनेको छ।
_x000D_
_x000D_
अघिल्लो वर्ष प्रतिबन्ध थियो योभन्दा अघिल्लो वर्ष अदालतले प्रदुषणलाई ध्यानमा राख्दै दिवालीभन्दा पहिले दिल्ली – एनसीआरमा बिक्री रोक लगाएको थियो। दिपाली भन्दा पहिले ९ अक्टुबरमा सर्वोच्चले प्रतिवन्ध लगाउँदै १ नोभेम्बरमा मात्र खुल्ला गरेको थियो।
_x000D_
_x000D_
२०१६को दिवालीमा पनि प्रदुषणका कारण रोक लगाएको थियो। २०१७ मा दिल्ली – एनसीआरमा रोक लगाइएको थियो। १२ सेप्टेम्बर २०१७मा सर्वाेच्चले यसअघिको आदेश संशोधन गर्दै केही शर्तसहित अस्थायी अनुमतिपत्रमा कटौती गर्न भनेको थियो। अर्को राज्यमा पटाका लैजान समेत रोक लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।