काठमाडौं– साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ ।
कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई सय रुपैयाँले घटेर दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य दुई सय रुपैयाँले घटेर दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला ४३८० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ३ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७५५ रुपैयाँ कायम भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।