रियाद– रहस्यम तरिकाले हत्या गरिएका साउदी अरबका पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ।
_x000D_
_x000D_
साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।
_x000D_
_x000D_
मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उनीहरुले समवेदना व्यक्त गरेका समाचारमा जनाइएको छ।
_x000D_
_x000D_
साउदी राज्यद्वारा सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले आइतबार संप्रेषण गरेको समाचारमा स्वर्गीय पत्रकारका छोरा सलेह खाशोग्गीले शाही परिवारप्रति धन्यवाद पनि व्यक्त गरेको उल्लेख छ।
_x000D_
_x000D_
द वासिङ्टन पोष्टका स्तम्भकारसमेत रहेका साउदी पत्रकार खाशोग्गी टर्कीको स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासबाट यही अक्टोबर २ तारिखदेखि बेपत्ता भएका थिए।
_x000D_
_x000D_
साउदी सरकारले उनको अघिल्लो शनिबार नै भिडन्तका क्रममा हत्या भएको दाबी गरेको थियो। तर, हत्याका बारेमा थप विवरण भने दिइएको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।