जाग्रेब– क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरले युद्ध अपराध गरेको ठहर गरिएको छ।
_x000D_
_x000D_
युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै सोमबार क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला गरेको हो।
_x000D_
_x000D_
पूर्व प्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको श्रोत साधनको दुरुपयोग गरेको आरोप लगाइएको छ।
_x000D_
_x000D_
अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवाना समेत तिराउनु पर्ने फैसला सुनाएको हो। तर, पूर्व प्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्विकार गरेका छन्।
_x000D_
_x000D_
उनले सोही आरोपमा यसअघि नै जेल सजाय भुक्तान गरेको दाबी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन्। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।