नयाँ दिल्ली– भारतीय सरकार र सीजेपीबीच भएको वार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँग भएका छलफलमा दुईवटा मागमा सहमति भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै, "सरकारले नीट (NEET) परीक्षाबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र आन्दोलनमा सहभागी प्रदर्शनकारीविरुद्ध कुनै पनि कानुनी कारबाही नगर्ने मागमा सैद्धान्तिक सहमति जनाएको छ," भने।
रांकाका अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे भने सरकारले जवाफ दिन शनिबारसम्मको समय मागेको छ।
शुक्रबार दिल्लीस्थित विठ्ठलभाई पटेल हाउसमा सीजेपीका प्रतिनिधि र केन्द्र सरकारका मन्त्री जे.पी. नड्डा तथा डा. जितेन्द्र सिंहबीच वार्ता भएको थियो।
रांकाले वार्ताका क्रममा मन्त्रीद्वय जे.पी. नड्डा र डा. जितेन्द्र सिंहलाई नीट विवादका कारण सर्वसाधारणमा बढ्दो असन्तुष्टि र आक्रोशबारे जानकारी गराइएको बताए।
उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जनताको असन्तुष्टि र आक्रोश शान्त नहुने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।