काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।
आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले घटेर चार हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवार चाँदी चार हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।