काठमाडौं– नेपालको वैदेशिक व्यापारको आकारले इतिहासमै पहिलो पटक नयाँ रेकर्ड कायम गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांकअनुसार नेपालले विश्वका विभिन्न देशहरूसँग गर्ने आयात र निर्यातसहित कुल वैदेशिक व्यापारको आकार २४ खर्ब रुपैयाँको विन्दुलाई पार गरेको छ ।
एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ ।
नेपालको अर्थतन्त्रको संरचना, उत्पादनको अवस्था र उपभोगको प्रवृत्तिलाई यो तथ्यांकले देश चरम परनिर्भरतातर्फ धकेलिँदै गएको संकेत गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
२०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबर थियो । एकै वर्षमा वैदेशिक व्यापारको आकारमा साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वृद्धि भएको देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।