काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा २ लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलामा ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।