एजेन्सी- पाकिस्तानमा पहिलो मेट्रो रेल चल्ने भएको छ । 'वान बेल्ट वान रोड' परियोजना अन्तर्गत चिनियाँ सहयोगमा लाहोरमा मेट्रो रेल गुड्ने भएको हो।
लाहोरबाट पाकिस्तानको बलुचिस्तान प्रान्त नजिक पर्ने चिनियाँ सहर कासगरसम्म रेल्वे सेवा ल्याउने लक्ष्य राखिएको छ । अहिले २७ किलोमिटरभित्र गुड्ने रेल्वे इञ्जिन कासगरसम्म ल्याइएको छ।
ओरेन्ज लाइन मेट्रो सर्भिस नामकरण गरिएको रेल्वे सेवा पाकिस्तानको पहिलो मास ट्रान्जिट प्रणाली हो । आगामी डिसेम्बर २५ देखि पाकिस्तान-चीन कुद्ने मेट्रो रेल स्वचालित हुनेछ । झुजोहो लोकोमोटिभ लिमिटेडले निर्माण गर्ने ट्रेनले एक पटकमा एक हजार व्यक्ति बोक्नेछ भने मेट्रोबाट दैनिक ५ लाख यात्रुले सेवा लिन सक्नेछन्।

ट्रेनले कम ऊर्जाको खपत गर्ने भएकाले लाहोरको कम भोल्टेज समस्याले कुनै समस्या नपर्ने कम्पनीले जनाएको छ।
मेट्रो सेवा चीनले एक खर्ब ६ अर्ब लागतमा निर्माण गरिदिनेछ । चीनको लागत पाकिस्तानले २० वर्षपछि फिर्ता गर्नुपर्नेछ।
८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा २७ किलोमिटर क्षेत्रमा २७ वटा रेल चल्नेछन् । त्यसका लागि २७ किलोमिटर क्षेत्रमा २६ वटा स्टेशन राखिएको छ । यसले पाकिस्तानी जनताको यात्रामा लाग्ने समयलाई ४५ मिनेटदेखि २ घन्टासम्म कटौती गर्ने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।