• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिका–इरान फेरि आमनेसामने, अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी

64x64
नेपाल लाइभ बुधबार, असार २४, २०८३  १०:२७
1140x725

काठमाडौं– अमेरिकाले इरानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। 

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि इरानले गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको हो। 

मंगलबार सुरु भएको उक्त हवाई आक्रमण झन्डै चार घण्टासम्म चलेको र त्यस क्रममा ‘सटिक हतियार’ प्रयोग गरेर ८० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको सेन्टकमले जनाएको छ। अमेरिकी आक्रमणमा इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी प्रणाली, सतहबाट हावामा प्रहार गर्ने मिसाइल, एन्टि–शिप क्रुज मिसाइल र ड्रोन प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको रोयटर्सले उल्लेख गरेको छ।

यस आक्रमणको जवाफमा इरानी सैन्य नेताहरूले कडा जवाफ दिने प्रतिज्ञा गर्दै स्ट्रेट अफ होर्मुजको व्यवस्थापनमा विदेशी हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारेका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानको दक्षिणी बन्दरगाह सहर सिरिकमा रहेका व्यापारिक तथा माछा मार्ने घाटहरू, क्युइशम टापु र बन्दर अब्बास नजिकैका क्षेत्रहरूमा क्षेप्यास्त्रहरू खसेका छन् र धेरै विस्फोटका आवाजहरू सुनिएका छन्। सिरिक बन्दरगाहमा छर्रा लागेर केही मानिस घाइते भएको पनि जनाइएको छ। 

यसैबिच, इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। कुवेतको सेनाले आफ्नो वायु रक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको बताएको छ। इराक पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियान आक्रमणलगत्तै स्वदेश फर्किएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सम्झौता भएको २० दिन पनि नपुग्दै अमेरिकी ट्रेजरी विभागले मंगलबार इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध फुकुवाको निर्णय रद्द गरिदिएको छ।

यस घटनापछि इरानको विदेश मन्त्रालयले अमेरिकामाथि गत जुनमा दुई देशबीच भएको इस्लामावाद समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएको छ। फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध अन्त्य गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरिएको थियो, जसमा इरानले स्ट्रेट अफ होर्मुज खुला गर्ने र बदलामा अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने तथा ६० दिनका लागि इरानी तेलमाथिको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो। 

तर, सम्झौता भएको २० दिन पनि नपुग्दै अमेरिकी ट्रेजरी विभागले मंगलबार इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध फुकुवाको निर्णय रद्द गरिदिएको छ। इरानका मुख्य वार्ताकार मोहम्मद गालिबाफले तेल प्रतिबन्ध ब्युँताउनु र दक्षिणी इरानमा आक्रमण गर्नु एमओयूको गम्भीर उल्लंघन भएको बताएका छन्।

ट्रेजरी विभागको यो कदम स्ट्रेट अफ होर्मुजमा मालवाहक जहाजहरूमाथि भएका आक्रमणहरूपछि आएको हो। युनाइटेड किंगडम मैरिटाइम ट्रेड अपरेसन (यूकेएमटिओ) का अनुसार ओमानको तटीय क्षेत्रमा एउटा कतारी एलएनजी ट्याङ्कर अज्ञात वस्तुको प्रहारबाट सल्किएको थियो। इरानी टेलिभिजनले चेतावनीलाई बेवास्ता गरेपछि उक्त जहाजमाथि आक्रमण भएको दाबी गरे पनि तेहरानले यसको प्रत्यक्ष जिम्मेवारी लिएको छैन। 

त्यस्तै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले प्रहार गरेको मिसाइलका कारण साउदी अरबको तेल ट्याङ्करमा पनि क्षति पुगेको बताइएको छ। ह्वाइट हाउसबाट रिपोर्टिङ गर्दै अल जजिराका माइक हान्नाले सम्झौतापछि पनि इरानले जहाजहरूलाई आफ्नो नियन्त्रणमा रहेको उत्तरी मार्गबाट जान दबाब दिइरहेको र अमेरिकाले दक्षिणी सुरक्षित मार्ग प्रयोग गर्न आग्रह गरिरहेका कारण यो टकराव बढेको उल्लेख गरेका छन्। 

इरानका उप–विदेशमन्त्री काजेम गारीबाबादीले अमेरिकाले एमओयूको धारा १, २ र १० को धज्जी उडाएको आरोप लगाएका छन् भने इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीका सल्लाहकार मोहसेन रेजाईले इरान जुनसुकै नयाँ आक्रामकताको सामना गर्न र आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल
सम्बन्धित सामग्री
२ लाख विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने अमेरिकाको तयारी अमेरिकी सरकारले करिब २ लाखसम्म विदेशी नागरिकको व्यापारिक र पर्यटक भिसा रद्द गर्ने तयारी गरेको छ। यो कदम लागू भएमा एकैपटक ठूलो संख्या... मंगलबार, भदौ ९, २०८३
इरानले आफ्नो छोराको हत्या गर्ने प्रयास गरेको नेतन्याहूको दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले आफ्नो परिवारलाई निशाना बनाएको दाबी गरेका छन्। मंगलबार, भदौ ९, २०८३
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ‘युनाइटेड लिबरेसन काउन्सिल (ULC)’ नामबाट जारी भएको भनिएको धम्कीपत्र भाइरल भइरहेको छ। पत्रमा केह... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्