काठमाडौं– विगतका वर्षमा जस्तै चालु वर्षमा पनि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि त्यो व्यवस्थापनका लागि दबाब परेको राष्ट्र बैंकले औल्याएको छ ।
आर्थिक वर्षमा २०८२/८३ को मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंकले आर्थिक गतिविधि अपेक्षित विस्तार नभएको एवं विगतमा प्रवाह भएका कर्जाको गुणस्तरसमेतका कारण निष्क्रिय कर्जा अनुपात वृद्धि भई बैंकको लगानी क्षमतामा ह्रास आइरहेको स्वीकारको छ ।
‘रेमिट्यान्स आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँदै जाने तर कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापन दबाबमा रह्यो,’ समीक्षामा भनिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनका क्रममा अर्थतन्त्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपरेको थियो । विश्व भूराजनीतिले निम्त्याएको व्यापार महसुलको प्रभाव, इजरायल– अमेरिका र इरानबीचको युद्धका कारण पेट्रोलियम पूर्वाधारमा भएको क्षति, स्ट्रेट अफ हर्मुज बन्द भई आपूर्ति श्रृंखलामा देखिएको अवरोध तथा इन्धनको मूल्यवृद्धि भई विश्व मुद्रास्फीतिमा परेको चापका कारण निरन्तर अनिश्चितता देखिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।