एजेन्सी –भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६४५ जना पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन् ।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजका अनुसार टेलिग्राम मार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताए ।
भूकम्पले ८८५ भवनहरू क्षतिग्रस्त भएको र अन्य १८९ भवनहरू ध्वस्त भएको उनले बताए। अधिकारीहरूले प्रकोपबाट प्रभावितहरूलाई समायोजन गर्न ५९ वटा अस्थायी शिविरहरू स्थापना गरेको बताइएको छ ।
भेनेजुएलामा आपत्कालीन अवस्थाको सामना गर्न तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपत्कालीन प्रतिक्रियाकर्ता देशभर तैनाथ रहेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।