• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिका छिर्ने सपना बाेकी हिंडेका हजाराैं होन्डुरस नागरिक मेक्सिकाेकाे सीमामा अलपत्र

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ५, २०७५  ०९:०६
1140x725

सिउडाड हिडाल्गो- रोजगारी र नयाँ जीवनको सपना बोकेर अमेरिका हिँडेका ठूलो संख्याका होन्डुरसका नागरिकलाई मेक्सिको प्रवेशमा कडाइ गरिएको छ। मेक्सिकोका अधिकारीहरुले केही महिला र बालबालिकालाई मात्र मानवीय कारणबाट मेक्सिको प्रवेशको अनुमति दिएका छन्।
_x000D_
_x000D_ ग्वाटेमाला–मेक्सिको सीमावर्ती नदीको पुलमा मेक्सिको प्रवेशको हजारौं अाप्रबासी प्रतिक्षामा बसिरहेका छन्। मेक्सिकोको दङ्गा प्रहरीले उनीहरुलाई पुलमै रोकेर राखेको छ।
_x000D_
_x000D_ होन्डुरसका ठूलो संख्याका नागरिकहरु पैदल हिँडेर ग्वाटेमाला हुँदै मेक्सिको प्रवेश गर्न चाहन्छन्। उनीहरुको यात्रा मेक्सिकाेमा पुगेर टुङ्गिने छैन। उनीहरु मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा आप्रवासी हुन चाहन्छन्।

_x000D_ _x000D_

ग्वाटेमालाका लागि मेक्सिकोका राजदूत लुइस मानुएल लोपेजले महिला र बालबालिकाको नाम दर्ता गरी सीमाबाट करिब ४० किमी टाढाको तापाचुला शहरमा अस्थायी शिविरमा राखिने बताए।
_x000D_
_x000D_ पुलमा रोकिएर थाकेका अरु सयौं व्यक्ति भने सुसियाट नदीको आसपास उपलब्ध डुङ्गाबाट नदी पार गर्न थालेका छन्। प्रहरीले पनि विशाल नदीको जोखिम मोलेर र नदी किनाराको लेदो माटोमा घस्रेर मेक्सिको प्रवेश गर्ने त्यस्ता व्यक्तिलाई रोक्न सकेको छैन। पुलमा धेरै मानिस २४ घन्टाभन्दा बढी समयदेखि रहेकाले चर्को गर्मी र भोकका कारण शिथिल बनेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

यता, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेभादाको एल्कोमा चुनावी सभामा बोल्दै आप्रवासीलाई अमेरिकाले स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन्। उनले आप्रवासीको लस्कर (क्याराभान) राजनीतिक प्रेरित रहेको र अमेरिकालाई ध्वस्त पार्नेतर्फ उद्यत रहेको आरोप लगाएका छन्।
_x000D_
_x000D_ उनले भने, 'डेमोक्राट्सहरु यही क्याराभान चाहन्छन्, उनीहरुलाई यो क्याराभान मन पर्दछ। धेरै मानिस सोध्दैछन्, यो क्याराभान कसले सुरु गराएको होला?'
_x000D_
_x000D_ राष्ट्रपति ट्रम्पले मेक्सिकोले क्याराभान रोक्न गरेको प्रयासका लागि धन्यवाद दिए। 'मेक्सिकोले अदभूत कार्य गरेको छ। मेक्सिको र मेक्सिकोका नेताहरुलाई धन्यवाद। यो किन भइरहेको छ भने आजको मेक्सिकोले संयुक्त राज्य अमेरिकाको नेतृत्वलाई सम्मान गर्न थालेको छ।'
_x000D_
_x000D_ गत साता, ट्रम्पले मध्य अमेरिकी देशहरुलाई उपलब्ध गराउने सहायता कटौती गर्ने, सैन्य परिचालन गर्ने तथा मेक्सिकोले आप्रवासी रोक्न प्रयास नगरे अमेरिका–मेक्सिको सीमा बन्द गर्ने चेतावनी दिएका थिए।

_x000D_ _x000D_

होन्डुरसका राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज र ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालेसले आप्रवासन सङ्कटका बारेमा शनिबार छलफल गरेका थिए।
_x000D_
_x000D_ 'यो आप्रवासन राजनीतिक प्रेरित छ,' मोरालेसले भने, 'आप्रवासनले देशको सीमा र राज्यहरुबीचको सद्भावलाई बेवास्ता गरेको छ। यसले जनतामा नैराश्यता बढाएको छ।'
_x000D_
_x000D_ हर्नान्डेजले राजनीतिक स्वार्थ सिद्धिका लागि जनतालाई दुरुपयोग गरिएकोप्रति आपत्ति जनाए। उनले भने, 'जनताले अवसरको खोजी गरिरहेकाले हामीले धेरै काम गर्नुपर्छ भन्नेमा हामीमा कुनै शङ्का नै छैन।'
_x000D_
_x000D_ एक साता अघिमात्र होन्डुरसको पश्चिमी सहर सान पेड्रो सुलामा सामाजिक सञ्जालमा गरिएको आह्वान बमोजिम करिब दुई हजार स्थानीयबासी होन्डुरस छाड्न तयार भएका थिए।

Ncell 2
Ncell 2
_x000D_ _x000D_


_x000D_
_x000D_ महिला र बालबालिकालाई प्रवेश अनुमति 
_x000D_
_x000D_ मेक्सिकोका अध्यागमन अधिकारीहरुले पुलको द्वार खोल्नासाथ महिलाहरु दौडिएर अगाडि बढेका थिए। 'ओहो, म आज अति खुसी छु,' मेक्सिकोको जमिन टेक्नासाथ २१ वर्षीया गीना पाओला मोन्टेसले खुसीले चिच्याउँदै भनिन्।
_x000D_
_x000D_ यो पुलमा महिला र बालबालिकाले रात बिताएका थिए। यहाँ सयौं मानिस खुला आकाशमुनि सुतेका थिए। ग्वाटेमालाको टेकुन उमान सहरमा पनि मानिसहरु मेक्सिको प्रवेश गर्ने आशामा खुला आकाशमुनि रातभर बसेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

मेक्सिकाली अधिकारीहरुले पुलमा रहेका मानिसहरुले आप्रवासी शरणार्थीको मान्यता प्राप्त गर्नुपर्ने जनाएका थिए। ग्वाटेमाला सरकारले भने होन्डुरस फर्कन चाहनेहरुका लागि निःशुल्क बसको व्यवस्था गरेको जनाएको छ।
_x000D_
_x000D_ मेक्सिको छिर्न नपाएका छ सयभन्दा बढी व्यक्तिले आफ्नै मुलुक होन्डुरस फर्कन बसकाे टिकट लिएको प्रहरीले जनाएको छ।

_x000D_ _x000D_

होन्डुरसका आप्रवासीसँग मेक्सिकाली प्रहरीको सीमा क्षेत्रका ठाउँठाउँमा शुक्रबार झडपहरु भएका थिए। भिडबाट दङ्गा प्रहरीमाथि ढुङ्गा र अरु वस्तुहरु फालिएको थियो। प्रहरीले भीड तितरबितर गर्न रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो। यी आप्रवासी संयुक्त राज्य अमेरिका प्रवेश गर्न प्रतिबद्ध रहेका देखिन्थे।
_x000D_
_x000D_ प्रहरीसँगको झडपका कारण केही व्यक्ति घाइते भएका छन्। प्रहरीको हस्तक्षेपपछि मात्र शान्ति कायम भएको थियो। मेक्सिकोका राष्ट्रपति एन्रिक पेना निटोले पछिल्लो परिस्थिति अनौठो रहेको बताए। यो क्याराभान (समूह)का आयोजकहरुले केही आप्रवासीले मात्र प्रहरीसँग सामान्य विवाद गरेको बताउँदै शान्तिपूर्वक मेक्सिको प्रवेश गर्न चाहनेहरुलाई भड्काउन प्रहरीमाथि आक्रमण गरिएको जनाएका छन्।

_x000D_ _x000D_

बाइस वर्षीय अलेक्स बेनिटेजजस्ता केहीले भने नदी पार गराउन स्थानीयलाई पैसा तिरेका थिए। 'उनीहरुले भिसा मिलाउने वचन दिएका थिए, तर उनीहरु हिजोदेखि पुलमै छन्। उनीहरुले हामीलाई केहीपनि दिएका छैनन्,' बेनिटेजले बताए। अरु साथीहरुसँगै उनी पनि ट्रकको टायरले बनाइएको डुङ्गाबाट नदी तर्ने कोशिस गरिरहेका थिए।
_x000D_
_x000D_ केही घर फर्किए

_x000D_ _x000D_

होन्डुरसका ब्रायन रिभेरा (२५) जस्ता केहीले भने अमेरिकाको स्वप्निल जीवनशैली त्यागेर स्वदेश फर्कने निर्णयमा पुगेका छन्। 'बरु स्वदेश फर्किनु नै ठीक छ। अमेरिका पुग्नु अति कठिन छ।', रिभेराले भने। उनी ग्वाटेमाला सरकारले उपलब्ध गराएको बसमा यात्रा गरेर होन्डुरस फर्कन चाहेका छन्।
_x000D_
_x000D_ मसिनो स्वरमा बोल्ने रिभेराले आफूसँग तीन जना साथी रहेको बताए। उनका साथीहरुले क्याराभानमै रहने बताएका छन्। मेक्सिकोमा पुगेपछि फेरि देश निकाला हुनुपरे परिस्थिति अझ खराब हुने उनको बुझाइ छ। 

_x000D_ _x000D_

आप्रवासीहरुले सामान्यतया होन्डुरसमा व्याप्त गरिबी र असुरक्षाका कारण देश छाडेको बताएका छन्। होन्डुरसमा हिंसात्मक झडप र लुटपाटले आम मानिसलाई सङ्कटमा पुर्‍याएको छ। प्रत्येक एक लाख नागरिकमा ४३ जनाको हत्या हुने गरेको होन्डुरस विश्वमै सर्वाधिक हिंसा मच्चिएको मुलुकमा गनिन्छ। (रासस/एएफपी)

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झुम्का कारागारमा एक कैदीको मृत्यु
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी
सम्बन्धित सामग्री
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजा... आइतबार, कात्तिक २३, २०८२
जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जिएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो। एज... आइतबार, कात्तिक २३, २०८२
पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता असफल, सीमा तनाव झन् बढ्ने सङ्केत दुई देशका अधिकारीहरूले शनिबार वार्ता विच्छेदको कारणका रूपमा एक–अर्कामाथि दोषारोपण गर्दै सीमा तनाव कम गर्ने प्रयास असफल भएको जनाइएको... आइतबार, कात्तिक २३, २०८२
ताजा समाचारसबै
झुम्का कारागारमा एक कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमाथि धोका भयोः सोनल सोमबार, कात्तिक २४, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सुकुमबासी बस्तीमा दुर्गा प्रसाईं : बालेनविरुद्ध लड्ने घोषणा आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्