काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो ।
सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्र्याएको बैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।