• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता

64x64
नेपाल लाइभ बिहीबार, असार ४, २०८३  ०९:०६
1140x725

काठमाडौँ – अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता भएको छ । विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले सम्झौताका १४ बुँदा सार्वजनिक गरिरहेका छन् । अलजजिराकाे समाचारअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँगको फोन संवादका क्रममा अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारीपत्रको पाठ पढेर सुनाएका थिए ।

पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउने वा नकिन्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रावधान समावेश छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले संयुक्त राज्य अमेरिकासँग भएको समझदारीपत्रलाई अन्तिम रूप दिइएको र दुवै पक्षले विद्युतीय रूपमा हस्ताक्षर गरिसकेको घोषणा गरेका छन्। उनका अनुसार उक्त सम्झौता कार्यान्वयनमा समेत आइसकेको छ।

दुई देशबीचको युद्धविराम अवधि विस्तार गर्ने अमेरिका–इरान सम्झौतामा हस्ताक्षर भइसकेको र यो अहिले लागू भइसकेको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्।

‘समझदारीपत्र’ भनिएको १४ बुँदे सम्झौतामा इरानले कहिल्यै पनि परमाणु हतियार नराख्ने उल्लेख गरिएको छ। साथै, इरानको ‘पुनर्निर्माण तथा आर्थिक विकास’ का लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ, यद्यपि त्यसमा अमेरिकाले अनिवार्य रूपमा योगदान गर्नुपर्ने छैन। यो सम्झौता अमेरिका, इरान र इजरायलबीचको द्वन्द्व सुरु भएको चार महिनापछि आएको हो।

ट्रम्प प्रशासनले यस सम्झौतालाई ‘कार्यसम्पादनमा आधारित’ सम्झौता भनेको छ, जसअनुसार इरानले आफ्ना प्रतिबद्धताहरू पालना गरेमा मात्र त्यसबाट लाभ प्राप्त गर्नेछ।

यद्यपि, सम्झौताको पाठले धेरै प्रश्नहरूको स्पष्ट उत्तर दिएको छैन र धेरै महत्वपूर्ण विषयहरू अझै समाधान हुन बाँकी छन्। 

यी हुन् समझदारीका १४ बुँदा 

Ncell 2
Ncell 2
nimb
nimb

एक
संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान तथा वर्तमान युद्धमा संलग्न उनीहरूका सहयोगीहरूले यो समझदारीपत्रमा हस्ताक्षर गर्दै लेबनानसहित सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य कारबाही अन्त्य भएको घोषणा गर्छन् । अबदेखि एकअर्काविरुद्ध कुनै युद्ध वा सैन्य कारबाही सुरु नगर्ने, एकअर्काविरुद्ध बल प्रयोग वा बल प्रयोगको धम्की नदिने र लेबनानको क्षेत्रीय अखण्डता तथा सार्वभौमिकता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछन् । अन्तिम सम्झौताले लेबनानसहित सबै मोर्चामा युद्धको स्थायी अन्त्य पुष्टि गर्नेछ ।

दुई 
संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान एकअर्काको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँछन् ।

तीन
संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले अधिकतम ६० दिनभित्र (आपसी सहमतिमा थप गर्न सकिने) अन्तिम सम्झौता वार्ता गरेर हासिल गर्ने प्रतिबद्धता जनाउँछन् ।

चार
यो समझदारीपत्रमा हस्ताक्षर भएपछि अमेरिकाले इरानविरुद्धको नौसैनिक नाकाबन्दी र अवरोध हटाउन सुरु गर्नेछ र ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्नेछ । यस अवधिमा जहाज आवागमन युद्धअघिको स्तरअनुसार पुनःस्थापित गरिनेछ । अन्तिम सम्झौतापछि ३० दिनभित्र अमेरिकाले इरान नजिक तैनाथ आफ्ना सेना हटाउनेछ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँच
समझदारीपत्रमा हस्ताक्षर भएपछि इरानले ६० दिनका लागि फारसको खाडीबाट ओमान सागर र त्यसको विपरीत दिशामा व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रयास गर्नेछ । जहाज आवागमन तत्काल सुरु हुनेछ र प्राविधिक तथा सैन्य अवरोध हटाउने तथा समुद्री क्षेत्र सफा गर्ने काम ३० दिनभित्र पूरा गरिनेछ । इरानले ओमान तथा अन्य  खाडीका देशहरूसँग अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज जलडमरूमार्गको भविष्यको व्यवस्थापन र समुद्री सेवाबारे वार्ता गर्नेछ ।

छ
संयुक्त राज्य अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलरको योजना बनाउनेछ । यसको कार्यान्वयन संयन्त्र अन्तिम सम्झौतामा ६० दिनभित्र तय गरिनेछ । आवश्यक सबै अनुमति र छुट अमेरिकाले दिनेछ ।

सात
संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्का निर्णय, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसम्बन्धी निर्णय तथा अमेरिकी एकपक्षीय प्रतिबन्धहरू (प्रत्यक्ष र अप्रत्यक्ष) सहित इरानमाथिका सबै प्रकारका प्रतिबन्ध हटाउनेछ । यसको समयतालिका अन्तिम सम्झौताको भाग हुनेछ ।

आठ
इरानले आणविक हतियार खरिद वा विकास नगर्ने पुनः पुष्टि गर्छ । इरानको भण्डारण गरिएको प्रशोधित आणविक सामग्रीको व्यवस्थापनबारे दुवै पक्ष आपसी सहमतिमा समाधान खोज्नेछन् । यसको निगरानीमा साइटमै प्रशोधन स्तर घटाउने प्रक्रिया समावेश हुन सक्छ । अन्तिम सम्झौतामा आणविक कार्यक्रम र इरानको आणविक आवश्यकतासम्बन्धी विषयहरू समाधान गरिनेछन् ।

नौ
अन्तिम सम्झौता नहुँदासम्म दुवै पक्ष यथास्थिति कायम राख्नेछन् । इरानले हालको आणविक कार्यक्रमको अवस्था कायम राख्नेछ र अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने छैन तथा क्षेत्रमा थप सेना पठाउने छैन ।

दश
समझदारीपत्रमा हस्ताक्षर भएदेखि प्रतिबन्ध अन्त्य नभएसम्म अमेरिकी अर्थ मन्त्रालयले इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ, त्यससँग सम्बन्धित सेवा, बैंकिङ, बीमा र ढुवानीका लागि छुट दिनेछ ।

एघार
अमेरिकाले इरानका रोक्का गरिएका अज्ञात रकम र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउनेछ । यी रकम फुकुवा गर्ने प्रक्रिया वार्ताका क्रममा तय गरिनेछ । अमेरिकाले आवश्यक सबै अनुमति र लाइसेन्स जारी गर्नेछ ।

बाह्र
यो समझदारीपत्रको कार्यान्वयन र भविष्यको अन्तिम सम्झौताको पालना निगरानी गर्न संयुक्त संयन्त्र स्थापना गरिनेछ ।

तेह्र
समझदारीपत्रमा हस्ताक्षर भएपछि र पहिलो, चौथो, पाँचौँ, दशौँ र एघारौँ बुँदाको कार्यान्वयन सुरु भएपछि, अमेरिका र इरानले बाँकी विषयहरूमा मात्र अन्तिम सम्झौताका लागि वार्ता सुरु गर्नेछन् ।

चौध
अन्तिम सम्झौतालाई बाध्यकारी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी मंगलबार, मंसिर १, २०८३
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्