• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १९, २०८३ Tue, Aug 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र

64x64
नेपाल लाइभ बुधबार, असार ३, २०८३  १६:२०
1140x725

काठमाडौं– समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिले ऋण असुलीलाई प्राथमिकता दिँदै साना बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको छ । समितिका अनुसार जेठ महिनामा सहकारी संस्थाका ऋणीबाट १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम उठाइएको छ भने बचतकर्तालाई करिब ५९ लाख रुपैयाँ फिर्ता गरिएको छ ।

समितिको विवरण अनुसार २०८३ साल जेठ महिनामा १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ वटा सहकारी संस्थाका १ हजार ४ सय ५२ जना बचतकर्तालाई उनीहरूको रकम फिर्ता गरिएको हो । सहकारीबाट प्राप्त असुली रकमलाई साना बचतकर्ताको दाबी व्यवस्थापनमा प्रयोग गरिएको समितिले जनाएको छ ।

यस अवधिमा ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता भएको, १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत समायोजन गरिएको तथा १२ वटा समस्याग्रस्त सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा उठाइएको समितिको कार्यालयले जानकारी दिएको छ ।

nimb
nimb
Ncell 2
Ncell 2

सहकारी क्षेत्रको व्यवस्थापनलाई व्यवस्थित बनाउन समितिले बचत फिर्ता, कर्जा असुली र सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यविधि लागू गरी सोही आधारमा पुनर्संरचना तथा व्यवस्थापनका गतिविधि अघि बढाएको जनाएको छ । संस्थागत सुधारका लागि सार्वजनिक सूचना प्रकाशन, संगठनात्मक संरचना स्वीकृति तथा कर्मचारी व्यवस्थापनका कामसमेत अगाडि बढाइएको छ ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको पहिचान, कानुनी प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन तथा ऋणीको तीन पुस्ते विवरण तयार गर्ने काम नियमित रूपमा गरिरहेको जनाएको छ । बचत फिर्ताका लागि प्राप्त करिब ४४ हजार दाबी निवेदनमध्ये प्रमाणीकरण प्रक्रिया चरणबद्ध रूपमा भइरहेको छ ।

१० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ वटाको प्रक्रिया सम्पन्न भइसकेको समितिले जनाएको छ । अन्य सहकारीबाट पनि क्रमशः रकम फिर्ता भइरहेको तथा केही संस्थामा तेस्रो पक्षमार्फत भएको भुक्तानीको विवरण संकलन भइरहेको छ ।

बाँकी सहकारीको दाबी परीक्षण जारी रहेको र आवश्यक सुधार तथा पुनरावलोकनका लागि छुट्टै सहायता कक्ष सञ्चालन गरिएको समितिले जनाएको छ ।

यसैगरी बचत दुरुपयोगसँग सम्बन्धित समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा पूर्वपदाधिकारीसँग जोडिएका सम्पत्तिको खोजी तथा व्यवस्थापनका लागि योजना बनाएर टोली परिचालन गरिएको समितिको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान
सम्बन्धित सामग्री
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग इप्पानले विद्युत कम्पनीहरूको सार्वजनिक निष्काशन सम्बन्धी पूर्वस्वीकृति निर्देशिकालाई व्यवहारिक बनाउँदै पीपीए अवधि, अनुमतिपत्र अवधि त... सोमबार, साउन १८, २०८३
सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार... सोमबार, साउन १८, २०८३
सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो। आइतबार, साउन १७, २०८३
ताजा समाचारसबै
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसँग इप्पानका १२ माग सोमबार, साउन १८, २०८३
बिहार उपनिर्वाचन : भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोर विजयी सोमबार, साउन १८, २०८३
अमेरिकासँग कुनै पनि वार्ता भएको छैन : इरान सोमबार, साउन १८, २०८३
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु सोमबार, साउन १८, २०८३
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ सोमबार, साउन १८, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्