एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आइतबार (आज) हस्ताक्षर हुने दाबी गरेका छन् । उनले सम्झौता भएपछि विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज सबैका लागि खुला हुने बताएका छन् ।
सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको र इलेक्ट्रोनिक हस्ताक्षरको तयारी भइरहेको जनाएको छ ।
तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता स्माइल बघाईले सम्झौता हस्ताक्षरको मितिबारे अझै निश्चितता नभएको भन्दै सावधानी अपनाउन आग्रह गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सम्झौता नजिक पुगेको बताएका छन् । प्रस्तावित सम्झौतामा लेबनानमा हिज्बुलाह र इजरायलबीचको द्वन्द्व अन्त्य, हर्मुज पुनः सञ्चालन तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने विषय समेटिएको बताइएको छ । यद्यपि, इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता पछि सुरु हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।