पेरिस (एजेन्सी)– स्पेनिस टेनिस स्टार राफेल नाडालले फ्रान्सका पूर्व खेलमन्त्री रोसलिन वाकलोट विरुद्ध १ लाख युरोको मानहानी मुद्धा दायर गरेका छन्। वाकलोटले उनीमाथि डोप टेस्ट छलेको गम्भीर आरोप लगाएका थिए। वाकलोट २००७ देखी २०१० सम्म फ्रान्सको खेल मन्त्री थिए।
उनले २०१६ को मार्चमा फ्रान्सको एक टेलिभिजन कार्यक्रममा नाडालमाथि डोप टेस्ट छलेको आरोप लगाएका थिए। उनले अन्तर्वार्ताका क्रममा २०१२ मा डोप टेस्टबाट बच्न नाडालले घुँडाको चोटको बहाना बनाएर ६ महिना टेनिस कोर्टभन्दा बाहिर बसेको आरोप लगाएका थिए।
नाडालका वकिल प्याट्रिक एमले अदालतमा मुद्धा दायर गर्ने क्रममा डोपिङको आरोपले आफ्नो क्लाइन्टको करिअरमा गम्भीर परिणाम निस्किन सक्ने बताएका थिए। वाकलोटका वकिल ओलिभियर सीले भने अदालतमा मानहानीको मुद्धाबाट बच्न अन्तर्राष्ट्रिय टेनिस महासंघको डोपिङ निरोधक कार्यक्रमलाई दोषी ठहर्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।