नयाँ दिल्ली (एजेन्सी)– न्युजिल्यान्डविरुद्ध २५ अक्टुवरदेखि सुरु हुन लागेको २ एकदिवसीय शृंखलाका लागि भारतीय टिमको नाम सार्वजनिक भएको छ। शनिवार राती सार्वजनिक गरिएको नाममा शिखर धवन पुनः टिममा फर्किएका छन्। धवन अस्ट्रेलिया विरुद्ध एकदिवसीय शृंखलामा थिएनन्। पारिवारीक कारणले उनले अन्त्यमा नाम फिर्ता लिएका थिए।
यस्तै, तीब्र बलर शार्दुल ठाकुर र विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई पनि १५ सदस्यीय टिममा समावेश गरिएको छ। भारतीय टिममा केएल राहुल, मोहम्मद समी, उमेश यादव पनि समावेश छन्। अलराउन्डर रविचन्द्रन अश्विन र रवीन्द्र जडेजालाई यसपालि पनि १५ सदस्यीय नाममा समावेश गरिएको छैन्।
विराट कोहलीको कप्तानीमा रहने भारतीय टिममा रोहित शर्मा उपकप्तान छन्। यसपालि विकेटकिपरमा महेन्द्रसिंह धोनीसँगै कार्तिकलाई पनि समावेश गरिएको हो।
भारतले न्युजिल्यान्ड विरुद्ध २ एकदिवसीय र टि–२० शृंखला खेल्दै छ। एकदिवसीय खेल अक्टुवर २२, २५ र २९ तारिखमा हुनेछ।
भारतीय टिमः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, अजिङ्क्य रहाणे, मनिष पाण्डे, एमएस धोनी, केदार जाधव, दिनेश कार्तिक, यजुवेन्द्र चहल, जसप्रित बुमराह, भुवनेश्वर कुमार, शार्दुल ठाकुर, हार्दिक पाण्ड्या, अक्षर पटे, कुलदीप यादव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।