नयाँ दिल्ली (एजेन्सी)- बलिउडमा पिता-पुत्रीको नामी जोडी अनिल कपुर र सोनम कपुर छिटै एक फिल्ममा सँगै देखिने भएका छन्।
अनिल र सोनमले विधु विनोद चोपडाले निर्माण गर्ने नयाँ फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’ मा एकसाथ देखिनेछन् । यी पिता-पुत्रीले एकसाथ काम गरेको यो पहिलो फिल्म हुनेछ।
यो फिल्म आफ्नो लागि ठूलो प्रोजेक्ट भएको उल्लेख गर्दै निर्माता विधु विनोदले भनेका छन्, 'यसमा अनिल कपुर हामीसँग काम गर्न तयार हुनु एकदम खुसीको कुरा हो । अनिलसँगै सोनम पनि यो फिल्ममा देखिनु थप आकर्षण हो।'
अनिलले पछिल्लो पटक सन् १९९४ मा आएको विधु विनोद चोपडाको फिल्म ‘१९४२- अ लभस्टोरी’ मा काम गरेका थिए । सो फिल्ममा उनको साथमा मनीषा कोइराला र जैकी श्राफ पनि थिए।
पछिल्लो समय भने विधु विनोद सञ्जय दत्तको बायोपिकको काममा व्यस्त छन् । उनले निर्माण गरेको यो फिल्मको निर्देशन राजकुमार हिरानीले गरिरहेका छन् । फिल्ममा सञ्जय दत्तको भूमिका रणवीर कपुरलाई देख्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।