म्याड्रिड (एजेन्सी)– गत अक्टुवर १ मा क्याटलानको स्वतन्त्रताका लागि भएको जनमत संग्रहको समर्थन गरेका स्पेनिस राष्ट्रिय टोलीका डिफेन्डर गेरार्ड पिकेले एट्लेटिको म्याड्रिडको घरेलु रंगशाला वान्डा मेट्रोपोलिटानोमा दर्शकको दूरव्यवहार सहनु परेको छ।
बार्सिलोनाको अवे खेलका लागि शनिवार राती पिके ६८ हजार दर्शक क्षमताको वान्डा मेट्रोपोलिटानो रंगशालामा उत्रिँएका थिए। स्पेनबाट क्याटलान छुट्टिने निर्णयको समर्थन गरेको आरोपमा म्याड्रिड समर्थकले चर्को हुटिङ गरेका थिए।
पिकेले पनि खेल अगाडि अभ्यास क्रममा क्याटलानको पहेँलोमा रातो धर्सा परेको झन्डा अंकित जर्सी लगाएर मैदानमा उत्रिँएका थिए। १–१ गोलले बराबरीमा रोकिएको यो खेलमा आधिकारीक रुपमा बार्सिलोनाका कुनै फ्यान पनि एट्लेटिको म्याड्रिडको रंगशालामा उपस्थित थिएनन्।
बार्सिलोनाले यो सिजन दोस्रो पल्ट आफ्नो समर्थकबिना लिग खेलेको हो। क्याटलानको जनमत संग्रह भएको दिन बार्सिलोना र लस पाल्मासबीचको खेल पनि बन्द रंगशालामा खेलिएको थियो। यतिबेला दर्शकलाई बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा प्रवेश निषेध थियो।
खेल दाैरान पिकेले बल छुँदा पनि हुटिङ भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।