बिबिसी- सोमालियाको राजधानी मोगादिसुमा विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
पहिलो विस्फोट भिडभाडयुक्त क्षेत्रमा र अर्को विस्फोट मदिना जिल्लामा भएको थियो । मदिनाको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो।
मोगादिसुमा एक होटलको प्रवेशद्वार नजिकै विस्फोट पदार्थ भरिएको ट्रकमा गराइएको पहिलो विस्फोटमा परी करिब एक जना घाइते भएका छन् । विस्फोटका कारण सफारी होटल ध्वस्त भएको छ।
प्रहरीले मृतकहरुको संख्या बढ्न सक्ने बताएको छ । एक प्रत्यक्षदर्शीले विस्फोटमा कैयौं व्यक्ति मारिएको बताएका छन्।
कसले विस्फोट गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । मोगादिसु चरमपन्थी संगठन अल कायदासँग जोडिएको अल शबाब गुटको निशानामा रहँदै आएको छ, जो जो सोमालियाको सरकार विरुद्ध संघर्ष गरिरहेको छ।
मोगादिसामा बस्ने मुहिदिन अलीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, 'मैले यत्रो भयानक विस्फोट कहिले पनि देखेको थिइनँ । पूरै इलाका ध्वस्त भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।